संगालोखबर सम्वाददाता

विराटनगर । नेकपाका बरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले नेकपा फुटाउँन नसक्ने दावी गरेका छन् । संसद् विघटनको विरोधमा नेकपा प्रदेश १ कमिटीले शुक्रबार विराटनगरमा गरेको प्रदेश स्तरीय विरोध सभालाई संवोधन गर्दै बरिष्ठ नेता खनालले यस्तो बताएका हुन् ।

पार्टी फुटाउँन ४० प्रतिशत सदस्य चाहिने भन्दै नेता खनालले ओलीले केही आसेपासे लिएर जाँदैमा नेकपा फुटेको भन्न नमिल्ने जिकिर गरे । उनले पार्टी फुट्न लागेको नभई पद, सक्ता र पैसाका लोभी केही व्यक्ति पार्टीबाट निस्किन लागेको बताए । ‘बाँस पनि छिप्पिदै गएपछि पट्यास फल्छ, रुखले पनि छिप्पिदै गएपछि बोक्रा फाल्छ ।’ नेता खनालले भने–‘पट्यास फाल्नु भनेको बाँस ढल्नु हैन, बोक्रा झर्नु भनेको रुख ढल्नु हैन, त्यस्तै नेकपाबाट पनि केही व्यक्ति बाहिरिन खोज्दैछन् त्यसलाई पार्टी फुटेको भन्न मिल्दैन ।’

नेता खनालले केपी ओलीलाई सुधार्न निक्कै प्रयत्न गरेको भएपनि उनी नसुध्रिएर नेकपाबाट बारिरिन लागेको दावी गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!