संगालोखबर सम्वाददाता

विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले संवैधानिक परिषद्बाट पठाईएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता गर्नु औचित्यहिन रहेको दावी गरेका छन् । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री ढकालले सभामुख सापकोटाले पत्र फिर्ता गर्नु संवैधानिक र कानूनी हिसावले अर्थपूर्ण नहुँने दावी गरेका हुन् ।

पत्र फिर्ता गर्नु औचित्यहिन रहेपनि राजनीतिमा विवादको विषय बनाउँनका लागि मात्र फिर्ता गरिएको मन्त्री ढकालको भनाई छ । परिषद् सदस्यको हिसावले नभई सभामुख सापकोटाले निजी अर्थमा आफ्नो लेटरप्याड प्रयोग गरेर पत्र फिर्ता पठाएको मन्त्री ढकालले टिप्पणी गरे । संवैधानिक अंगको प्रमुखलाई नभई सरकारको मुख्य सचिवलाई सापकोटाले निजी अर्थमा पत्र पठाएको भन्दै मन्त्री ढकालले त्यसको कुनै अर्थ नहुँने जिकिर गरे । ‘संसद्मा राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त समितिको रुपमा एउटा बिशेष समिति छ, मन्त्री ढकालले भने, ‘यो उहाँको एकल क्षेत्राधिकारको बिषय होईन, संस्थागत रुपमा सचिवालयको तर्फबाट पत्र पठाउनु गैह्रकानुनी र विधिसम्मत हुँदैन भन्ने प्रतिवाद भएपछि सभामुख सापकोटाले निजी ढंगबाट पत्र लेखेर प्रचारका निम्ति यस्तो गर्नुभएको हो ।’

फरक प्रसङ्गमा मन्त्री ढकालले बैशाख १७ र २७ गतेको निर्र्वाचनका लागि सबै अंगहरु परिचालित भईसकेको उल्लेख गरे । कतिपय राजनीतिक पार्टीहरुले बाहिर निर्वाचनको विरोध गरेपनि आन्तरिक रुपमा चुनावको तयारी गरिरहेको मन्त्री ढकालले बताए । अर्को प्रशंगमा बोल्दै मन्त्री ढकालले पशुपतिमा जलहरी लगाउने बिषय प्रधानमन्त्री ओलीको व्यक्तिगत निर्णय बमोजिम कार्यान्वयन नभएको भन्दै ओलीको बचाउ गरे ।

आर्थिक श्रोत र अन्य विभिन्न कारणले विगत लामो समयदेखि अलपत्र परेको सो कार्यलाई पुर्णता दिन प्रधानमन्त्री ओेलीले पशुपति क्षेत्र विकास कोषलाई राज्यकातर्फबाट थप ३० करोड उपलब्ध गराईदिने प्रतिबद्धता मात्र व्यक्त गरेको मन्त्री ढकालले जानकारी दिए ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!