संगालोखबर सम्वाददाता

धनकुटा । संसद् विघटनको विरोधमा शनिवार नेपाली काँग्रेसले धनकुटाको डाँडाबजारमा प्रदर्शन गरेको छ । असंवैधानिक रुपमा संसद् विघटन गरिएको भन्दै काँग्रेस क्षेत्र नं.१ को आयोजनामा विरोध जुलुश प्रदर्शन गरिएको हो ।

Advertisement

डाँडाबजारको बसर्पाकबाट शुरु भएको जुलुशले बजारका विभिन्न भागको परिक्रमा गरेको थियो । बजार परिक्रमापछि आयोजित कोणसभालाई संवोधन गर्दै काँग्रेस जिल्ला सभापति अग्नी प्रसाद पौडेलले लोकतन्त्र र संविधानको रक्षा गर्न काँग्रेसले सशक्त आन्दोलन गर्ने बताए । जिल्ला सचिव विजय सन्तोषी राईले अहिले सवैको आँखा न्यायलय तिर गएको भन्दै संसद पुर्नस्थापना नभए काँग्रेसले निर्वाचनलाई आन्दोलनको रुपमा अगाडि बढाउँदै निर्वाचनबाटै नयाँ संसद् निर्माण गर्ने दावी गरे ।

क्षेत्रिय सभापति जितेन्द्र राई, जिल्ला सदस्य कमोट फागु, महासमिति सदस्य दुर्गा वहादुर सुवेदी, जिल्ला सदस्य हर्कमान चेम्जोङ्ग, नेपालधन राई, धनकुटा नगर कार्य समितिका सभापति रोशन श्रेष्ठ, चौविसे गाउँपालिकाका सभापति बिजु राई लगायतले काँग्रेसले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्दै मुलुकलाई समृद्ध बनाउन सक्ने धारणा राखे । असंवैधानिक रुपमा संसद् विघटन गरिएको भन्दै काँग्रसले ठाउँ–गाउँमा विरोध कार्यक्रम गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!