संगालोखबर सम्वाददाता

काठमाडौं । प्रचण्ड–नेपाल समूहको नेकपाले निर्वाचन आयोगमा २ सय ७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित औपचारिक रूपमा वैधानिकताको दाबी गरेको छ । प्रचण्ड र माधव नेपालसहितको समूह आयोगमा पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिताको दाबी गरेको हो ।

Advertisement

निर्वाचन आयोगले ४ सय ४१ केन्द्रीय सदस्यलाई नै आधिकारिक मानेकाले पुनः २ सय ७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित दाबी पेश गरिएको बताइएको छ । बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै प्रचण्ड-माधव समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!