संगालोखबर सम्वाददाता

विराटनगर । नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले केपी शर्मा ओलीले पार्टीमा तमासा देखाइरहेको बताएका छन् । संसद् विघटनको विरोधमा नेकपा प्रदेश १ कमिटीले शुक्रबार विराटनगरमा गरेको प्रदेश स्तरीय विरोध सभालाई संवोधन गर्दै बरिष्ठ नेता नेपालले यस्तो बताएका हुन् ।

Advertisement

ओलीले आफुलाई प्रथम अध्यक्ष भन्ने तर पार्टीको अनुशासनमा नबसेर तमासा देखाउँदा पार्टीमा समस्या निम्तिएको नेता नेपालले बताए । उनले ओलीलाई तानाशाहीको संज्ञा दिए । ‘महेन्द्र, ज्ञानेन्द्रको तानाशाही सामान्ती निरंकुस शासनलाई हामीले उखेलेर फाल्यौ । केपी ओलीको निरंकुसता कति दिन टिक्ला ?’ नेता नेपालले भने–‘केपी ओली ओरालो लागिसके, उनका मान्छेको अनुहार बिस्तारै खुईलिदै गइरहेको छ । होस् हवास उढ्न थालिसकेको छ ।’

ओलीले थपेका केन्द्रिय सदस्यलाई मान्यता नदिएर निर्वाचन आयोगले पनि ओलीलाई धक्का दिइसकेको नेता नेपालले बताए । ओली गुटमा लाग्नेहरु घर न घाटको हुँने भन्दै उनले बेलैमा बिचार पुर्याउँन नेता कार्यकर्तालाई आग्रह पनि गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!