विराटनगर । संसद् विघटनको विरोधमा आन्दोलित नेकपाको प्रचण्ड–माधव पक्षले आज प्रदेश १ को राजधानी विराटनगरमा शक्ति प्रदर्शन गर्ने भएको छ । नेकपा प्रदेश १ कमिटीको प्रचण्ड–माधव पक्ष निकट समूहले प्रदेश स्तरीय विरोध प्रदर्शन कार्यक्रम आयोजना गरेको हो ।
दिउँसो १२ बजेबाट विरोध प्रदर्शन सुरु गरेर स्थानीय जनआन्दोलन चौकमा सभा गर्ने कार्यक्रम छ । सभालाई संवोधनका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, योगेश भट्टराई लगायत नेताहरु विराटनगर आउँदैछन् ।
प्रदर्शनमा प्रदेश १ का अधिकांस जिल्लाबाट नेता कार्यकर्ता सहभागि हुँने बताइएको छ । प्रदर्शनमा ५० हजार नेता कार्यकर्ता सहभागि गराउँने सो समूहले दावी गरेको छ । यसअघि बिहीबार साँझ पनि विराटनगरमा राँके जुलुश प्रदर्शन गरेर संसद् विघटनको विरोध गरिएको थियो । सो समूहले संसद् विघटनको विरोधमा देशव्यापापी विरोध कार्यक्रम गर्दै आएको छ ।