- संगालोखबर सम्बाददाता

विराटनगर । राष्ट्रिय युवा संघका केन्द्रिय इन्चार्ज महेश बस्नेतले निश्चित नेताहरुको महत्वकांक्षा र निजी स्वार्थपूर्तिका लागि संसद् पुर्नस्थापना गर्न दवाव सिर्जना गर्ने काम भइरहेको बताएका छन् । बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले यस्तो बताएका हुन् ।

नेकपाका केन्द्रिय सदस्यसमेत रहेका नेता बस्नेतले जनमतलाई अस्वीकार गरेर संसद् पुर्नस्थापना गर्न नमिल्ने जिकिर गरे । अबको नेतृत्व आगामी चुनावले तय गर्ने बताउँदै उनले काँग्रेस र जनता समाजवादी पार्टी चुनावका लागि तयार रहेको र आवश्यक तयारीमा जुटेको स्पष्ट पारे । प्रचण्ड र माधव नेपाल पक्ष मात्रै चुनावबाट पन्छिन खोजेको उनको भनाई छ ।

हालको राजनीतिक घटना क्रमलाई माउसुलीको रुपमा चित्रण गर्दै नेता बस्नेतले पार्टीमा माउसुलीले पुच्छर जोड्न भइरहेको प्रयास व्यर्थ हुँने जिकिर गरे । ‘माउसुलीको शरीरबाट पुच्छर छुटेर गएको छ’, उनले भने, ‘माउसुलीको नयाँ पुच्छर पलाउँछ, तर छुटेको पुच्छर केही समय चुरीफुरी गरेपनि अन्ततः जीवित रहँदैन ।’

पार्टी शुद्धिकरणका क्रममा स्प्रे गर्दा साङ्ला र लामखुट्टेको रुपमा रहेका प्रचण्ड, माधव नेपाल लगायत नेताहरुले छोडेर गएको नेता बस्नेतले बताए । उनले ओली नेतृत्वको नेकपाको पक्षमा अहिले पनि जनमत रहेको र टुटेर फुटेर जाने प्रचण्ड र माधव नेपाल लगायतका नेताहरुको पक्षमा जनमत नरहेको दावी गरे ।

नेता बस्नेतले लोकतन्त्रमा जनमतको कदरका लागि चुनाव नै उत्तम विकल्प भएकाले आगामी नेतृत्व चयनका लागि सवै दल निर्वाचनमा केन्द्रित हुँनुपर्नेमा जोड दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!