काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन शुरु गरेको छ । काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट जुलुस निकाल्दै कार्यक्रम शुरु भएको हो ।
त्रिपुरेश्वर, माइतीघर, लैनचौर, डिल्लीबजार, कुपण्डोल, शान्तिबाटिका, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज लगायतका स्थानबाट जुलुस निकालेर रत्नपार्क, पुतलीसडक, बागबजार, पद्मोदयमोड हुँदै भृकुटीमण्डपमा पुगेको जुलुस विरोधसभामा परिणत भएको हो । अहिले शीर्ष नेताहरुले सभालाई सम्बोधन गरिरहेका छन् ।