संगालोखबर सम्वाददाता

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा आइतबार बसेको सो समूहको स्थायी कमिटी बैठकले ओलीलाई कारबाही गर्ने निर्णय लिएको हो ।

Advertisement

सो समूहको माघ २ गते बसेको बैठकले ओलीले पार्टी नीतिवितरीत गतिविधि गरेको ठहर गर्दै उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनी स्पष्टीकरण माग्ने निर्णय गरेको थियो । तीन दिनभित्र स्पष्टीकरण माग गरिएको पत्र नेताहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर माघ ५ गते बुझाएका थिए ।

तर, ओलीले तीन दिनभित्र पनि स्पष्टीकरण नबुझाएपछि उनलाई आइतबारको बैठकले पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको हो । यसअघि पुस ५ मा बसेको स्थायी कमिटीका बहुमत सदस्यको बैठकले ओलीमाथि पार्टी अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।

पुस ७ को केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष बनाएको दावी गरेको थियो । पार्टी विवाद उत्कर्षमा पुगेपछि नेकपाभित्र एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने श्रृङ्खला चलिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!