- संगालोखबर सम्वाददाता

विराटनगर । संसद् विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले शुक्रबार विराटनगरमा शक्ति प्रदर्शन गरेको छ । नेकपा प्रदेश १ कमिटीको आयोजनामा संसद् विघटनविरुद्ध प्रदर्शन गरिएको हो ।

प्रदेश १ का अधिकांस जिल्लाका नेता कार्यकर्ता सहभागि प्रदर्शनमा नेकपाका शीर्ष नेताहरु पनि सहभागि थिए । हजारौं नेता कार्यकर्ताको सहभागितामा विराटनगरका बिभिन्न स्थानबाट निस्किएको जुलुश जनआन्दोलन चौकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

सभालाई संवोधन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद् पुर्नस्थानाको फैसला नगरेमा संसद् बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । सर्वोच्चले संविधान, लोकतन्त्र र जनताको मर्म र भावना अनुसार फैसला गर्छ भन्ने भरोसा गरेर बसेको भन्दै अध्यक्ष दाहालले जरुरी परेमा संसद् बैठक बसेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने चेतावनी दिए । ‘अहिले हामी सर्वोच्चले संविधान, लोकतन्त्र र जनताको मर्म र भावना अनुसार गर्छ भनेर भरोसा गरेर बसेका छौं ।’ अध्यक्ष दाहालले भने–‘म अहिले विराटनगरबाट भन्दैछु, देशैले सुनेहुन्छ, जरुरी पर्यो भने संसद्को बैठक बस्छौं र यस्ता अपराधीलाई कारबाही गछौ ।’

तर, सर्वोच्चले सही फैसला गर्छ भन्ने विश्वास रहेको भन्दै अध्यक्ष दाहालले त्यसो नभएमा संसद् बैठक राख्ने विकल्प रोजिने बताए । संविधानले संसदको बैठक बस्ने अधिकार दिएको भन्दै अध्यक्ष दाहालले सर्वोच्चको फैसला चित्त बुझ्दो नआएमा सभामुखले संसद् बैठक बोलाउँने स्पष्ट पारे । प्रधानमन्त्री ओलीलाई संसद् विघटन गर्ने अधिकार संविधानले नदिएको दावी गर्दै उनले ओलीले विघटन गर्दैैमा संसद् विघटन नहुँने जिकिर गरे ।

सभालाई संवोधन गर्दै नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले केपी शर्मा ओलीले पार्टीमा तमासा देखाइरहेको बताएका छन् । ओलीले आफुलाई प्रथम अध्यक्ष भन्ने तर पार्टीको अनुशासनमा नबसेर तमासा देखाउँदा पार्टीमा समस्या निम्तिएको नेता नेपालले बताए । उनले ओलीलाई तानाशाहीको संज्ञा दिए । ‘महेन्द्र, ज्ञानेन्द्रको तानाशाही सामान्ती निरंकुस शासनलाई हामीले उखेलेर फाल्यौ । केपी ओलीको निरंकुसता कति दिन टिक्ला ?’ नेता नेपालले भने–‘केपी ओली ओरालो लागिसके, उनका मान्छेको अनुहार बिस्तारै खुईलिदै गइरहेको छ । होस् हवास उढ्न थालिसकेको छ ।’

ओलीले थपेका केन्द्रिय सदस्यलाई मान्यता नदिएर निर्वाचन आयोगले पनि ओलीलाई धक्का दिइसकेको नेता नेपालले बताए । ओली गुटमा लाग्नेहरु घर न घाटको हुँने भन्दै उनले बेलैमा बिचार पुर्याउँन नेता कार्यकर्तालाई आग्रह पनि गरे ।

सभामा नेकपाका बरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले नेकपा फुटाउँन नसक्ने दावी गरेका छन् । पार्टी फुटाउँन ४० प्रतिशत सदस्य चाहिने भन्दै नेता खनालले ओलीले केही आसेपासे लिएर जाँदैमा नेकपा फुटेको भन्न नमिल्ने जिकिर गरे । उनले पार्टी फुट्न लागेको नभई पद, सक्ता र पैसाका लोभी केही व्यक्ति पार्टीबाट निस्किन लागेको बताए । ‘बाँस पनि छिप्पिदै गएपछि पट्यास फल्छ, रुखले पनि छिप्पिदै गएपछि बोक्रा फाल्छ ।’ नेता खनालले भने–‘पट्यास फाल्नु भनेको बाँस ढल्नु हैन, बोक्रा झर्नु भनेको रुख ढल्नु हैन, त्यस्तै नेकपाबाट पनि केही व्यक्ति बाहिरिन खोज्दैछन् त्यसलाई पार्टी फुटेको भन्न मिल्दैन ।’ नेता खनालले केपी ओलीलाई सुधार्न निक्कै प्रयत्न गरेको भएपनि उनी नसुध्रिएर नेकपाबाट बारिरिन लागेको दावी गरे ।

कार्यक्रममा नेकपा नेता योगेश भट्टराईले जनताले तानासाह फाल्दै आएको स्मरण गर्दै तानाशाही प्रबृद्धि देखाउँने ओलीलाई पनि बाँकी नराख्ने जिकिर गरे । कार्यक्रममा नेकपा नेता भीम आचार्य, शिवकुमार मण्डल, घनेन्द्र बस्नेत लगायतले संसद् विघटनको विरोध जनाएका छन् ।

भिडियो हेर्नुहोस्…

फोटो/भिडियो : रबिन कटेल/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!