- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली समूहले भेला आयोजना गरेको छ । ओली निकट महालक्ष्मी नगर कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेला गरिएको हो ।

Advertisement

पार्टीका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष राजेन्द्र राई, केन्द्रिय सदस्य टिकाराम चेम्जोङ्ग, प्रदेश सांसद एवं पार्टीका प्रदेश कमिटी सदस्य इन्द्रमणी पराजुली, प्रदेश कमिटी सदस्य गणेश राई, महालक्ष्मी नगरपालिकाका मेयर एवं जिल्ला सचिवालय सदस्य पर्शुराम नेपाल लगायतले भेलालाई संवोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै नेताहरुले केन्द्रमा पार्टी भित्रकै नेताहरुको घेराबन्दीका कारण सरकारको काम प्रभावित भएकाले संसद् विघटन गरेर नयाँ जनादेश खोज्नुपरेको बताए । सरकारले चुनाव घोषणा गरिसकेकाले अब चुनावमा केन्द्रित हुँनुपर्नेमा उनीहरुले जोड दिए ।

नगरपालिकाको सामुदायिक हलमा आयोजना गरिएको भेलामा एक हजार भन्दा बढी सहभागि भएको नेताहरुले दावी गरेका छन् । ‘कार्यक्रम हलमा राखिएका चार सय कुर्सीमा मान्छे खचाखच थिए । हलमा नआटेर आधा भन्दा बढी बाहिरै बस्नुपर्ने अवस्था आयो ।’ महालक्ष्मी नगर कमिटी सचिव विष्णु दाहालले दावी गर्दै भने–‘कार्यक्रममा एक हजार भन्दा बढी नेता कार्यकर्ता सहभागि थिए ।’

यसअघि नेकपाको प्रचण्ड–नेपाल समूहले पनि जितपुरस्थित जनता माध्यमिक विद्यालयमा भेला आयोजना गरेको थियो । अहिले दुवै पक्षले गाउँ–गाउँमा कार्यक्रम गरिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!