मोरङको सुनवर्षीमा नालीमा डुबेको अवस्थामा पुरुषको शव फेला
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–४ काजीजान टोलमा एक पुरुषको शव फेला परेको छ । आज बिहान सुनवर्षी–६ का अन्दाजी ५५ वर्षीय कात्तिकलाल सुतिहारको शव नालीमा डुबेको अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीका अनुसार आज बिहान शव भेटिएको भनेर साढे आठ बजेतिर खबर आएको थियो ।
घटनास्थलमा साइकल पनि भेटिएकाले मंगलबार राति घर जाने क्रममा चिप्लिएर नालीमा झरेको हु...





























