
विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । बिहीबार प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको सुन आज एक हजार तीन सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ५६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुन प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । मङ्गलबार एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला एक लाख ५५ हजार आठ सय रुपैयाँमा कारोबार भएका थियो । आइतबार एक लाख ५५ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार प्रतितोला एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













