नम्रता न्यौपाने/संगालोखबर

विराटनगर । १० औँ इन्डो-नेपाल रोलर स्केटिङ्ग च्याम्पियनसिप २०२५ मा नेपाल प्रथम भएको छ । विराटनगरको दिल्ली पब्लिक स्कुलमा भएको प्रतियोगितामा भारतलाई हराउँदै नेपाल प्रथम भएको हो ।

Advertisement

प्रतियोगितामा भारतको हिमाचल, गुजरात, राजस्थान, महाराष्ट्र र उत्तर प्रदेशका २२ जना छात्र-छात्रा खेलाडीहरू समावेश थिए । नेपालको तर्फबाट विराटनगरका पाँच विद्यालयका ५६ जना छात्र-छात्रा खेलाडीहरू सहभागि थिए ।

विभिन्न उमेर समूहमा गराइएको स्केटिङ्ग प्रतियोगितामा नेपाल २७ स्वर्ण, १४ रजत र १३ काश्य प्राप्त गर्दै प्रथम भयो । भारत २४ स्वर्ण, १६ रजत र १७ काश्य प्राप्त गर्दै दोस्रो भयो ।

स्केटिङ्ग एण्ड स्केटवोर्ड एशोसिएसन मोरङ जिल्ला अध्यक्ष सुरज कामतको अध्यक्षतामा भएको कार्यक्रमको उद्‌घाटन जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमरियाले गरेका थिए ।

चिमरियाले खेलकुद स्वास्थ्यका लागि राम्रो भएको बताउँदै खेलकुदले नेपालको नाम विश्वसामु चम्काउन सक्ने उल्लेख गरे । खेलकुद विकास समिति मोरङका अध्यक्ष इन्द्र लामा, दिल्ली पब्लिक स्कुलका प्रधानाध्यापक बि.वि. लिम्बु, भारतका टीम संयोजक पवन अग्रवाललगायतको उपस्थिति रहेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!