धनकुटामा बलात्कारको प्रतिकार गर्ने महिलाबिरुद्ध मुद्दा दर्ता

धनकुटामा बलात्कारको प्रतिकार गर्ने महिलाबिरुद्ध मुद्दा दर्ता

धनकुटा । आफुमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी धनकुटाको महालक्ष्मी नगरपालिका–१ घुमाउँनेकी कमला गुरुङबिरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । ३० बर्षीय कमलाबिरुद्ध प्रहरीले जिल्ला अदालत धनकुटामा कर्तब्य ज्यान मुद्दा दर्ता गरेको हो । गत मंगलबार राती १० बजे घरको ढोका फुटाई भित्र प्रवेश गरेर आफुमाथि बलात्कार प्रयास गरेको भन्दै कमलाले स्थानीय ३० बर्षीय लीलबहादुर गुरुङमाथि खुकुरी प्रहार गरेक...
चौबिसे गाउँपालिकाले गाउँ–गाउँबाट सुझाव संकलन गर्ने

चौबिसे गाउँपालिकाले गाउँ–गाउँबाट सुझाव संकलन गर्ने

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले गाउँ–गाउँबाट नागरिकको सुझाव संकलन गर्ने भएको छ । गाउँपालिका र न्यायिक समितिले प्रदान गरेको सेवा प्रवाहमाथि नागरिकको गुनासो सुनुवाई गर्न न्यायिक समितिले सुझाव संकलन गर्न लागेको हो । यसका लागि गाउँ–गाउँमा सुझाव पेटिका वितरण गरिएको छ । गाउँपालिका र न्यायिक समितिले सम्पादन गरेका कामको विषयमा गाउँपालिकाबासीको कुनै गुनासोहरु भए सुझाव दिनका लागि नागरिकहरुलाई सहज ब...
इटहरीका चार मासु पसल शिल

इटहरीका चार मासु पसल शिल

इटहरी । मासु पसलमा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पालना गर्न अटेर गर्ने इटहरीका चार वटा पसललाई अनुगमन टोलीले शिल गरेको छ । इटहरी उपमहानगर उपभोक्ता हित तथा संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा शनिवार विहान भएको वजार अनुगमनका क्रममा बीपी चौक जाने सडक छेउका मासु पसल शिल गरिएको हो । गत असोज २५ गतेको अनुगमनका क्रममा ती पसलहरुलाई मापदण्ड पालना नगरेको भेटिएको थियो । त्यसपछि अनुगमन टो...
सुरु भयो बडादशैँ

सुरु भयो बडादशैँ

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ । नवरात्रको पहिलो दिन आज बिहानै नित्य ...
धनकुटाका नेकपा नेता भण्डारीसहित चार जनाले दिए गाउँपालिकालाई एम्बुलेन्स

धनकुटाका नेकपा नेता भण्डारीसहित चार जनाले दिए गाउँपालिकालाई एम्बुलेन्स

धनकुटा । नेकपाका केन्द्रिय सदस्य एवं धनकुटा ईन्चार्ज हेमराज भण्डारीसहित चार जनाले धनकुटाको चौबिसे गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेका छन् । नेता भण्डारीसहित चौबिसे–३ का पूर्ण लिम्बु, खोटाङका यादव राई र दोलखाका डिल्ली बराईलीले एम्बुलेन्स खरिद गरी गाउँपालिकालाई प्रदान गरेका हुन् । चौबिसेको कुरुलेतेनुपा घर भएका नेता भण्डारी संबिधानसभा सदस्यसमेत हुन् । भण्डारीसहित, लिम्बु, राई र बराईली पनि काठमाड...
धनकुटामा नातीले कुट्दा हजुरबुबाको मृत्यु

धनकुटामा नातीले कुट्दा हजुरबुबाको मृत्यु

धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिकामा नातीको कुटाईबाट हजुरबुबाको मृत्यु भएको छ । सहिदभूमी गाउँपालिका–१ कोलबोटेका २७ बर्षीय अबिनास राईले कुटपिट गर्दा उनका ९० बर्षीय हजुरबुबा फत्तबहादुर राईको मृत्यु भएको हो । नातीको कुटाईबाट घाईते भएका फत्तबहादुरको शुक्रबार मृृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोबिन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए । मादक पदार्थ सेवन गरेका अबिनासले गत सोमबार हजुरबुब...
प्रदेश १ मा थपिए ४५६ कोरोना संक्रमित, २२१ डिस्चार्ज

प्रदेश १ मा थपिए ४५६ कोरोना संक्रमित, २२१ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शुक्रबार ४५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, तेह्रथुममा ७, उदयपुरमा ४, इलाममा ३, धनकुटा र संखुवासभामा २/२ तथा भोजपुर र ताप्लेजुङमा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४९ महिला र ८५ पुरुष छन् । मोरङको सुन्दरहरैंचामा १३, उर्लाबा...
नोबेलले दशैं बोनस बापत कर्मचारीलाई बाँढ्यो १ करोड २६ लाख रकम

नोबेलले दशैं बोनस बापत कर्मचारीलाई बाँढ्यो १ करोड २६ लाख रकम

बिराटनगर । कोरोनाको महामारीका कारण लामो समयसम्म गरिएको लकडाउनले सबै क्षेत्रमा आर्थिक संकट निम्तिएको अवस्थामा नोबेल शिक्षण अस्पतालले कर्मचारीहरुलाई दशैं बोनस वापत १ करोड २६ लाख रकम वितरण गरेको छ । निजी क्षेत्रका धेरै रोजगारदाता संस्थाले कर्मचारीलाई कामबाट हटाउँने, बेतलबी राख्ने, आंसिक काममा लगाउँने, काम गर्नेलाई पनि न्यून तलब दिने लगायत समस्या देखिएका बेला नोबेलले कर्मचारीहरुलाई दशैं मनाउँनका लाग...
भारतसँग सीमा जोडिएको झापाको ११ स्थानमा राखियो बोर्डर आउट पोस्ट

भारतसँग सीमा जोडिएको झापाको ११ स्थानमा राखियो बोर्डर आउट पोस्ट

झापा  । भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै ११ वटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको जनाएको छ । मेचीनगर–१५ स्थित ज्यामिरगढीमा ११औँ बिओपीको बुधबार उद्घाटन कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बलका प्रदेश नं १ प्रमुख वंशीधर दाहालले सीमाको सुरक्षालाई कसिलो र अपराध नियन्त्रण गर्न हरेक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापनाको लक्ष...
४० लाखको चामल कुहाउँने कर्मचारीलाई उन्मुक्ति दिने अख्तियारको तयारी

४० लाखको चामल कुहाउँने कर्मचारीलाई उन्मुक्ति दिने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित गोदाममा रहेको लाखौं रुपैयाँबराबरको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति दिने तयारी गरेको छ । हुम्ला, जुम्ला, बाजुरालगायतका विकट जिल्लाका नागरिकले भोकभोकै बस्नु परिरहेको बेला अख्तियारले थापाथली गोदाममै ४ सय ८७ क्विन्टल २२ किलो बास्मती चामल कुहाउने कम्पनीका कर्मचारीलाई उन्मुक्ति दिन लागेको हो । कम्पनीका ...
नगर प्रमुख सुवेदीद्वारा घरमै पुगेर ह्वीलचियर वितरण

नगर प्रमुख सुवेदीद्वारा घरमै पुगेर ह्वीलचियर वितरण

बेलबारी । मोरङको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले अपांगता भएका ब्याक्तिहरुलाई घर घरमै पुगेर ह्वीलचियर बितरण गरेका छन् । बेलबारी–८ का पदम बिष्ट र बेलबारी–३ का पदम श्रेष्ठको घरमै पुगेर नगर प्रमुख सुवेदीले उनीहरुलाई ह्वीलचियर प्रदान गरेका हुन् । अपांगता भएका बिष्ट बेलबारी–८ को रणपाल आधारभूत विद्यालयका शिक्षक हुन् । उनी श्रीमती अस्मिताको सहारामा बिद्यलाय जाँने आउँने गर्छन् । थोत्रो ह...
प्रदेश १ मा एकैदिन ९ कोरोना संक्रमितको मृत्यु, थपिए ६३० संक्रमित

प्रदेश १ मा एकैदिन ९ कोरोना संक्रमितको मृत्यु, थपिए ६३० संक्रमित

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीका ५ तथा मोरङ र तेह्रथुमका २/२ जना कोरोना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हालसम्म १२२ संक्रमितको मृत्यु भईसकेको छ । यसैबीच, प्रदेश १ मा बिहिबार ६३० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा ३२६, सुनसरीमा २०९, झापामा ७...
खनारमा म्याद गुज्रिएका सामान बिक्री गरेको भेटियो

खनारमा म्याद गुज्रिएका सामान बिक्री गरेको भेटियो

इटहरी । खनार वजारमा म्याद गुज्रिएका सामाग्री वेच्न राखेको पाइएको छ । इटहरी उपमहानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा यस्तो भेटिएको हो । म्याद गुज्रिएको सामान बेच्ने एउटा किराना पसललाई अनगुमन टोलीले सिल गरेको छ । इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतम नेतृत्वको टोलीले बजारका ८ वटा किराना पसल अनुगमन गरेको थियो । सो क्रममा चार वटा किराना पसलमा म्याद गुज्रिएका समान ब...
ताप्लेजुङमा सर्पको बिगबिगी, झारफुक गर्दागर्दै जान्छ ज्यान

ताप्लेजुङमा सर्पको बिगबिगी, झारफुक गर्दागर्दै जान्छ ज्यान

ताप्लेजुङ । फक्तताङलुङ गाउँपालिका–५ तापेथोककी धनमाया मावो घर नजिकैको सुँगुरको खोरमा झार उखेल्दै थिइन् । दिउँसोको समय टन्टलापुर घाम लागेको थियो । उनलाई भने सुँगुरको खोर वरपर सफा गरिसक्ने हतारो थियो । सोही क्रममा झारमा लुकेर बसेको सर्पले धनमायाको हातमा डस्यो । छिमेकी राम लिम्बूका अनुसार गत असार २८ गते दिउँसो सर्पले डसेको हो । श्रीमान् बुद्धपाल लिम्बूले दुई घण्टा पैदल टाढाबाट धामी (फेदाङ्वा) बोलाए...
झापामा गाँजा खान नदिँदा बन्चरोले हानेर साथीको हत्या

झापामा गाँजा खान नदिँदा बन्चरोले हानेर साथीको हत्या

झापा । बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीमा आज पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको हो । बुधबार बिहान कनकाई–३ एकान्त टोलस्थित सुरुङ्गा खोलाको बाँध र बाँसघारीको झ्याङको बीचमा सोही स्थानका २२ वर्षीय अभिषेक चौधरीको...
तेह्रथुमका कोरोना संक्रमित पुरुषको मृत्यु

तेह्रथुमका कोरोना संक्रमित पुरुषको मृत्यु

तेह्रथुम । तेह्रथुमका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दाङ्पा–१ का ४९ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । धनकुटा जिल्ला अस्पतालले रेफर गरेर पठाएका उनलाई आईतबार प्रतिष्ठानमा भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर्दा सोमबार उनमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रतिष्ठानको ईमर्जेन्सीमा उपचारका क्रममा बुधबार ...
धनकुटामा मध्यराती ढोका फुटाएर महिलामाथि बलात्कार प्रयास, प्रतिकार गर्दा युवाको मृत्यु

धनकुटामा मध्यराती ढोका फुटाएर महिलामाथि बलात्कार प्रयास, प्रतिकार गर्दा युवाको मृत्यु

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ घुमाउँनेमा एक महिलाले आफुमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी छन् । घुमाउँनेकी ३० बर्षीया कमला गुरुङले स्थानीय लीलबहादुर गुरुङको हत्या गरेकी हुन् । लीलबहादुरले बलात्कार प्रयास गरेपछि महिलाले प्रतिकारमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको पाईएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए । ‘राती ढोका फुटाएर आफुमाथि बलात्क...
अर्थमन्त्री बने बिष्णु पौडेल

अर्थमन्त्री बने बिष्णु पौडेल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिइएको हो । यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसम...
प्रदेश १ मा थपिए ४३६ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ४३६ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा बुधबार ४३६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १९७, मोरङमा १८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १/१ कोरोना संक्रमित थपिएका हुन् । सुनसरीको धरानमा ११४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४९ महिला र ६५ पुरुष छन् । इनरुवाका ४८, इटहरीका १९, दुहवीका ८, बराहक्षेत्र र बर्जुका २/२, रामधुनी र हरिनगरका १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजिटिभ आएको हो । ...
कोरोना संक्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु

कोरोना संक्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु

दमौली । तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । उनीहरु एकै घरका बाबु र दुई छोरा हुन् । ९८ वर्षीय पुरुषको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौंस्थित बिएण्डवी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते मृत्यु भएको गण्ड...
हटिया हिडेका राजवंशी मृत भेटिए

हटिया हिडेका राजवंशी मृत भेटिए

मोरङ । मोरङको रंगेलीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । रंगेली–२ दौलतपुरका ६० बर्षीय सर्वेसलाल राजवंशी मृत अवस्थामा फेला परेका हुन् । मंगलबार अपरान्ह्र ४ बजे दौलतपुर हटिया जान्छु भनेर घरबाट हिडेका राजवंशी अबेरसम्म पनि घर नफर्किएपछि आफन्तहरुले खोजी गरेका थिए । खोजी गर्ने क्रममा घरबाट करिव १० मिटरको दुरीमा रहेको नहरमा डुबेको अवस्थामा उनी मृत फेला परेका हुन् । घटनाको जानकारी पाएपछि प्...
बिपीमा थप दुई कोरोना संक्रमितको मृत्यु

बिपीमा थप दुई कोरोना संक्रमितको मृत्यु

सुनसरी । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आज बिहान ४ बजे इटहरी –६ की ६० वर्षीया महिला र मङ्गलबार राति मोरङको बेलबारी १० का ३७ वर्षीय पुरुषको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती महिला यही असोज २४ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् । सोही दिन ...
नेकपाकी सांसद सानु शिवाको निधन

नेकपाकी सांसद सानु शिवाको निधन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद सानु शिवाको निधन भएको छ। मुटुको समस्या भएकी उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार क्रममा निधन भएको हो। उनी इलामबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी थिइन्। कमजोर स्वास्थ्य अवस्था रहेकी शिवाको केहि बर्ष अघिदेखि दुवै मिर्गौलाले काम गर्न छाडेका थिए। उनले भारतमा मिर्गौला प्रत्यारोपण गराएकी थिइन्। पछिल्लो समय उनको मुटुमा...
मोटर जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

मोटर जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

मोरङ । मोरङको रतुवामाईमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा रतुवामाई–१० सातमेडीका २४ बर्षीय रविन लिम्बु छन् । मंगलबार अपरान्ह ४ बजे आफ्नै घर छेउमा मोटर जडान गर्ने क्रममा लिम्बुलाई करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भएका लिम्बुलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लगिएको थियो । उपचारकै क्रममा साँझ साढे ५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पीसीआर परीक्षणका नाममा शुल्क असुल्न स्वास्थ्य मन्त्रालयको निर्देशन

पीसीआर परीक्षणका नाममा शुल्क असुल्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतको आदेश लत्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका नाममा शुल्क असुल्न अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि गरिने एन्टिजेन बेस्ड टेस्ट गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यताप्राप्त ल्याबले अधिकतम १ हजार शुल्क लिन पाउने निर्णय गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र टंक...
कोशीमा प्लाज्मा थेरापी

कोशीमा प्लाज्मा थेरापी

विराटनगर । प्रदेश १ सरकारद्धारा सञ्चालित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आजदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको छ । कोरोना भाईरसका जटिल विरामीका लागि प्लाज्मा थेरापी सेवा शुरु गरिएको हो । सेवा शुभारम्भ गर्दै कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर वस्नेतले प्लाज्मा दान गरेका छन् । अहिले अस्पतालमा आईसियु, भेन्टिलेटर र आईसोलेसन गरी ८० वटा वेड सञ्चालनमा रहेको व्यवस्थापक वस्नेतले बताए । कोभि...
धनकुटाकी मृगौला पीडित महिलालाई आर्थिक सहयोग प्रदान

धनकुटाकी मृगौला पीडित महिलालाई आर्थिक सहयोग प्रदान

धनकुटा । धनकुटाकी मृगौला पीडित गोमादेवि श्रेष्ठलाई आर्थिक सहयोग प्रदान गरिएको छ । दुबै मृगौला फेल भएर थलिएकी श्रेष्ठलाई ७२ हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो । धनकुटा नगरपालिका- ७ की ४२ वर्षिया श्रेष्ठको उपचारमा सहयोगका लागि धनकुटा बजारका केही व्यवसायीहरुले आर्थिक संकलन गरेका थिए । व्यवसायी जयन्द्र प्रधानको अगुवाईमा संकलित रकम प्रधानले नै मृगौला पीडित श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । सामान्य...
सुनसरीमा ३४४ सहित प्रदेश १ मा थपिए ४१८ कोरोना संक्रमित

सुनसरीमा ३४४ सहित प्रदेश १ मा थपिए ४१८ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज ४१८ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३४४, मोरङमा ५६, झापामा ७, उदयपुरमा ६, संखुवासभामा ३, भोजपुर र पाँचथरमा १/१ जना संक्रमित थपिएका हुन् । सुनसरीको धरानमा २११ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ८१ महिला र १३० पुरुष छन् । इटहरीमा ११९ र इनरुवामा १४ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३१, ...
मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद् बीच सम्झौता

मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद् बीच सम्झौता

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद् बीच सम्झौता भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को सक्रियतामा सोमबार राती अनलाईनमार्फत विश्वविद्यालयका प्रमुख डा. सुवास श्री पोखरेल र परिषद्का अध्यक्ष डा. महावीर पुन बीच सम्झौता भएको हो । विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने उद्देश्यसहित सम्झौता गरिएको विश्वविद्यालयका प्रमुख डा. पोखरेलले जानकारी दिए ।...
दशैँमा एयरलाइन्सलाई यात्रु पाउनै मुस्किल

दशैँमा एयरलाइन्सलाई यात्रु पाउनै मुस्किल

काठमाडौं । दशैँको सङ्घारमा मूलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरुमा दशैँका लागि टिकट पाउन निकै सास्ती बेहोर्नु पर्थ्यो तर यस पटकको दशैँका लागि हवाई उडानमा बुकिङ सामान्य छ । काठमाडौँबाट बाहिरका गन्तव्यमा एकतर्फी उडान सन्तोषजनक रहे पनि काठमाडौँ फर्कदा जहाजको आधाभन्दा कम अकुपेन्सी रहेको वायुसेवा कम्पनी बताउँछन् । सामान्य अवस्थामा दशैँ आउने दुई साताअघिनै अधिकांश गन्त...
धरानबाट लागुऔषधसहित एक जना पक्राउ

धरानबाट लागुऔषधसहित एक जना पक्राउ

सुनसरी । सुनसरीको धरानबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । धरान–१५ बिशालचोकका ३८ बर्षीय विजय कुमार रोक्कालाई खैरोहिरोईन ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो । को. १० प ६२५९ नम्बरको मोटरसाईकलमा आईरहेका रोक्कालाई विशेष सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले साम्पाङ चोकबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणपश्चात चेक जाँचका क्रममा उनको शरिरमा लुकाएर राखेको अवस्...
error: Content is protected !!