संगालोखबर सम्वाददाता
फायल तस्बीर

सुनसरी । सुनसरीको धरानबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । धरान–१५ बिशालचोकका ३८ बर्षीय विजय कुमार रोक्कालाई खैरोहिरोईन ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

को. १० प ६२५९ नम्बरको मोटरसाईकलमा आईरहेका रोक्कालाई विशेष सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले साम्पाङ चोकबाट नियन्त्रणमा लिएको थियो ।

Advertisement

नियन्त्रणपश्चात चेक जाँचका क्रममा उनको शरिरमा लुकाएर राखेको अवस्थामा १२ ग्राम ५०० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर र नगद १० हजार ९ सय ६० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!