मोरङमा थप दुई कोरोना संक्रमितको मृत्यु

मोरङमा थप दुई कोरोना संक्रमितको मृत्यु

मोरङ । मोरङमा थप दुई जना कोरोना संक्रमितको उपचारका क्रममा आज मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ का ४३ वर्षीय संक्रमित पुरुषको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए । मृतकलाई श्वासप्रस्वासमा समस्या आई बेहोस अवस्थामा असोज २४ गते अस्पतालमा उपचारका लागि ल्याइएको थियो । मृतकको सोही दिन पीसीआर परीक्षणम...
धनकुटाका थप तीन जनामा कोरोना संक्रमण पुष्टि

धनकुटाका थप तीन जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा । धनकुटाका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा दुई महिला र एक परुषमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुँनेमा धनकुटा नगरपालिका–३ का एक महिला, एक पुरुष र उच्च अदालत धनकुटामा कार्यरत भोजपुरका एक पुरुष कर्मचारी छन् । धनकुटा–३ का संक्रमित पुरुष केही दिन अघि कोरोना संक्रमण पश्चात मृत्यु भएकी बृद्धाका छोर...
धनकुटाको राजारानीमा उत्पादित ‘प्रिन्सेस वाइन’ पहिलो पटक बजारमा

धनकुटाको राजारानीमा उत्पादित ‘प्रिन्सेस वाइन’ पहिलो पटक बजारमा

धनकुटा । धनकुटाको राजारानीमा उत्पादन गरिएको ‘प्रिन्सेस वाइन’ पहिलो पटक बजारमा आएको छ । माउण्ट एभरेष्ट वाइनरीले उत्पादन थालेको वाईन पहिलो पटक काठमाडौंमा बिक्री थालिएको हो । अब, केही दिन भित्रै पूर्वी नेपालको बजारमा पनि वाईन बिक्रि थालिने वाईनरीले जनाएको छ । करिब २० करोडको लगानीमा ‘वाइन फ्याक्ट्री’ स्थापना गरेर किवी फलबाट वाईन उत्पादन थालिएको हो । ‘फलफुलको राजा’ मानिने किवी स्वास्थ्यका हिसाबले धे...
स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस

स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस

काठमाडौं । स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस भएको छ । मुख्यतः पर्याप्त आईसीयू, भेन्टिलेटर र स्वास्थ्यकर्मी नहुँदा गम्भीर प्रकृतिका बिरामी र कोरोना संक्रमितको उपचार गर्न सकस भएको हो । अस्पतालमा बिरामीहरू पुग्दा सजिलै उपचार पाउँदैनन् । यस्तै, बिरामीले अस्पतालमा आईसीयू र भेन्टिलेटर खोज्दा सहजै नपाएको गुनासो गर्दै आएका छन् । कतिपय लक्षणसहितका संक्रम...
आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंँ उपत्यकाका अस्पताललाई आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्न निर्देशन दिएको छ । पछिल्लो समय हरेक दिन लक्षण भएका कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको समयमा मन्त्रालयले यस्तो निर्देशन दिएको हो । यस किसिमको व्यवस्था भएमा कोरोनाका बिरामीलाई केही हदसम्म भए पनि सघन उपचार कक्ष र भेन्टिलेटर बेड पाइने मन्त्रालयको भनाइ छ । काठमाडौँ उपत्यकामा ३०० शय्याको ...
नोबेलले गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्ने

नोबेलले गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्ने

बिराटनगर । बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कोरोना परीक्षणका लागि गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्ने भएको छ । अस्पतालमा आउँनेहरुको मात्र स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दै आएको नोबेलले अब सरकारी मापदण्ड अपनाउँदै गाउँँ–गाउँमा पुगेर पनि स्वाब लिने व्यवस्था मिलाएको हो । अस्पतालमा धेरै मान्छे भेला भएर स्वाब दिँदा संक्रमण फैलने सम्भावना बढी भएकाले आवश्यकता अनुसार ठाउँ–ठाउँमा पुगेर स्वाब संकलन...
प्रदेश १ मै पहिलो पटक बेलबारी नगरपालिकाले थाल्यो ड्रोनमार्फत सर्बे

प्रदेश १ मै पहिलो पटक बेलबारी नगरपालिकाले थाल्यो ड्रोनमार्फत सर्बे

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले ड्रोनमार्फत भौगोलिक नक्सांकन तथा सर्वे गर्न थालेको छ । नगरपालिकाले आइतवारदेखि ड्रोन प्रयोग गरी डिजिटल प्रणालीबाट नक्सांकन तथा सर्वे थालेको हो । प्रदेश १ का पालिकाहरुमध्ये पहिलो पटक ड्रोनमार्फत भौगोलिक नक्सांकन तथा सर्वेको काम थालिएको बेलबारी नगरपालिकाले दावी गरेको छ । सहरी विकास योजना, विपद जोखिम व्यवस्थापन, घर नम्बर तथा स्ट्रिट ठेगाना निर्धारण, गुरुयोजना नि...
झापामा करेन्ट लागेर पाँचथरका तुम्बाहाम्फोको मृत्यु

झापामा करेन्ट लागेर पाँचथरका तुम्बाहाम्फोको मृत्यु

झापा । झापाको बिर्तामोडमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा पाँचथरको फिदिमका २४ बर्षीय शिव तुम्बाहाम्फो छन् । तुम्बाहाम्फो बिर्तामोडस्थित सानीआमाको घरमा केही दिन अगाडि आएका थिए । सानीआमाको घर नजिक नालामा माछा मार्ने क्रममा उनलाई आईतबार साँझ करिब ६ बजे करेन्ट लागेको हो । करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तुम्बाहाम्फोसँगै माछा...
हेलचेक्रयाइँ बढे फेरि लकडाउन गर्ने सरकारको तयारी

हेलचेक्रयाइँ बढे फेरि लकडाउन गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट बच्न अपनाउनुपर्ने सावधानी नअपनाई सर्वसाधारणले हेलचेक्रयाइँ गरे पुनः लकडाउन गर्ने तयारी गरेको छ । नागरिकले सामाजिक दूरी कायम नगर्ने, मास्क नलगाउने र स्वास्थ्य मापदण्ड पालना नगरे कोरोना रोकथाम तथा नियन्त्रणका लागि पुनः लकडाउन गर्ने तयारी गरिएको हो । सरकारले आफ्नो प्राथमिकता लकडाउन गर्ने नभए पनि सर्वसाधारणबाट हेलचेक्रया...
धनकुटा नगरपालिका र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

धनकुटा नगरपालिका र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

धनकुटा । धनकुटाका शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धि तालिम दिनका लागि प्रदेश १ सामाजिक विकास मन्त्रालय र धनकुटा नगरपालिकाबीच सम्झौता भएको छ । शिक्षकहरुका लागि क्षमता विकास तालिम सञ्चालन गर्न मन्त्रालयले धनकुटा नगरपालिकासँग सम्झौता गरेको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीवीच सम्झौता भएको छ । विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम स...
कोरोना संक्रमण भएका पूर्वमन्त्री थापाको स्वास्थ्यमा समस्या बढेपछि अस्पताल भर्ना

कोरोना संक्रमण भएका पूर्वमन्त्री थापाको स्वास्थ्यमा समस्या बढेपछि अस्पताल भर्ना

काठमाडौं । केही दिन अघि कोरोना संक्रमण पुष्टि भएका पूर्वमन्त्री सुनिलबहादुर थापाको स्वास्थ्यमा समस्या बढेपछि आईतबार अस्पताल भर्ना भएका छन् । ज्वरो, रुघा र खोकी बढेपछि थापा दिउँसो काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आईसोलेशनमा भर्ना भएका हुन् । गृह जिल्ला धनकुटामा करिब एक महिना बसेर काठमाडौं फर्किए लगत्तै थापामा गत बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौंको स्टार अस्पतालमा परी...
खोटाङमा अरिङ्गालको टोकाइबाट युवकको मृत्यु

खोटाङमा अरिङ्गालको टोकाइबाट युवकको मृत्यु

खोटाङ । खोटाङमा अरिङ्गालको टोकाइबाट गम्भिर घाइते बनेका एक युवकको उपचारका क्रममा आज मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २९ वर्षीय उत्तम भनिने पातलसिङ राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अरिङ्गालले टोकेपछि उद्धार गरेर बेहोस अवस्थामा उपचारका लागि अस्पताल ल्याइएका राईको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द ...
खुकुरीले हानेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

खुकुरीले हानेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

झापा । झापामा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कमल गाँउपालिका—२ त्रिवेणी चौकका ३४ बर्षीय रामजी थापालाई श्रीमतीको हत्या गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । शनिबार साझँ करिव ६ बजे थापाले २४ बर्षीया श्रीमती रीताको हत्या गरेको आरोप छ । घरायसी विषयमा बिवाद हुँदा थापाले श्रीमतीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । थापालाई पक्राउ गर...
सफाइ कर्मचारीको हातबाट जुस पिएर डा. केसीले तोडे अनशन

सफाइ कर्मचारीको हातबाट जुस पिएर डा. केसीले तोडे अनशन

काठमाडौं । डा. गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । शनिबार राती सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले २८ औं दिनमा सफाइ कर्मचारीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर डा. केसीले अनसन तोडेका हुन् । चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत भदौ २९ गतेदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए ।
धनकुटाकी कोरोना संक्रमित बृद्धाको मृत्यु

धनकुटाकी कोरोना संक्रमित बृद्धाको मृत्यु

धनकुटा । धनकुटाकी कोरोना संक्रमित एक बृद्धाको मृत्यु भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा धनकुटा नगरपालिका–३ निगालेकी ६५ बर्षीया कोरोना संक्रमित बृद्धाको मृत्यु भएको हो । प्रतिष्ठानमा पीसीआर परीक्षण गराउँदा उनमा एक साता अघि कोरोना संक्रमण पुष्टि भएको थियो । प्रतिष्ठानको आईसोलेशनमा उपचारका क्रममा उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले...
कालापानी–लिम्पियाधुरा विवाद: नेपालले जुटायो ऐतिहासिक प्रमाण

कालापानी–लिम्पियाधुरा विवाद: नेपालले जुटायो ऐतिहासिक प्रमाण

काठमाडौं । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभागको विषयमा ऐतिहासिक प्रमाण जुटाएको छ । नेपालले राजनीतिक र प्रशासनिक नक्सा जारी गरेसँगै गठित विज्ञ समूहको प्रतिवेदनका आधारमा लिम्पियाधुरासम्मको भूमि नेपालको रहेको प्रमाण जुटाएको हो । विज्ञ समूहले बनाएको सो प्रतिवेदनलाई भारतसँग जुनसुकै समयमा वार्तामा बस्दा पेस गर्ने आधारका रूपमा लिइएको छ । नेपालले राजनीतिक तथा प्रशासनिक नक्सामा लिम्पिय...
धनकुटाको साँगुरीगढी गाउँपालिका कार्यालयका तीन कर्मचारीमा कोरोना संक्रमण

धनकुटाको साँगुरीगढी गाउँपालिका कार्यालयका तीन कर्मचारीमा कोरोना संक्रमण

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका कार्यालयका तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाका १७ जनाको पीसीआर परीक्षण गर्दा तीन पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुँनेमा गाउँपालिका कार्यालयको प्रशासन शाखामा कार्यरत ५० बर्षीय कर्मचारी, ३० बर्षीय प्राविधिक र ३५ बर्षीय स्वास्थ्यकर्मी छन् । कन्ट्राक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण गर्दा तीन कर्मचारीम...
खोटाङमा लोहोरोले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

खोटाङमा लोहोरोले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा तालखर्कका छत्रबहादुर गिरीले अचार पिस्ने लोहोरो (ढुंगा) ले हानेर श्रीमतीको हत्या गरेका छन् । ४२ बर्षीय छत्रबहादुरले लोहोरो प्रहार गर्दा ४० वर्षीया श्रीमती ज्ञानकुमारीको मृत्यु भएको हो । घटना शुक्रबार बिहान करिब ५ बजेको हो । श्रीमान–श्रीमतीबीच बिवाद हुँदा छत्रबहादुरले श्रीमतीमाथि लोहोरो प्रहार गरेका थिए । लोहोरोले लागेर गंभीर घाईते भएकी ...
झापाबाट पटकासहित अटो चालक पक्राउ

झापाबाट पटकासहित अटो चालक पक्राउ

झापा । झापाको भद्रपुर–३ पैतिस लाईनबाट पटकासहित अटो चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर–४ का ४२ बर्षीय ढाक्रे राजवंशी छन् । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार साँझ ७ बजे अटो चालक राजवंशीलाई पक्राउ गरेको हो । मे.१ ह.३४१३ नम्बरको अटोमा राखेर पटका ल्याउँदै गरेको फेला परेकाले आटोसहित चालक राजवंशीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अटो भित्र लुक...
प्रदेश १ मा थपिए ४४६ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ४४६ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा बिगत २४ घण्टाको अवधिमा ४४६ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा २३०, सुनसरीमा १४३, झापामा ३३, इलाममा १०, धनकुटामा ७, संखुवासभामा ६, उदयपुरमा ५, भोजपुर र ताप्लेजुङमा ४/४, खोटाङमा २ तथा तह्रथुम र ओखलढुङ्गामा १/१ कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १५२ जनामा संक्रमण देखिए...
आइसोलेशनमा नबस्ने संक्रमितलाई ६ महिनासम्म कैद हुने

आइसोलेशनमा नबस्ने संक्रमितलाई ६ महिनासम्म कैद हुने

काठमाडौं । आइसोलेशनमा नबस्ने कोरोना संक्रमितहरूलाई ६ महिनासम्म कैद हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आईसोलेशनमा नबस्ने संक्रमितलाई कारबाही प्रकृया अघि बढाईएको हो । केही संक्रमितहरू आइसोलेसनमा नबसेको जानकारी आएको भन्दै त्यस्ता व्यक्तिलाई संक्रामक रोग ऐन अनुसार ६ महिनासम्म कैद सजाय हुने व्यवस्था रहेकोे प्रवक्ता गौतमले जानकारी द...
नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, निको भए ७३ हजार संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, निको भए ७३ हजार संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । शुक्रबार २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या एक लाख नाघेको हो । संक्रमितको संख्या १ लाख ४ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा गौतमले यस्तो जानकारी दिएका हुन् । यता, सक्रिय संक्रमितको संख्या भने २७ हजार ५३ पुगेक...
चौबिसेका बिपन्न परिवारलाई सोलार प्रदान, विद्यालयलाई टेलिभिजन

चौबिसेका बिपन्न परिवारलाई सोलार प्रदान, विद्यालयलाई टेलिभिजन

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार गरिब तथा विपन्न परिवारलाई सोलार सिष्टमसहित विभिन्न सामाग्री वितरण गरेको छ । चौबिसे गाउँपालिकाको वडा नं. ७ मौनाबुधुक र वडा नं. ५ बोधेका गरिब तथा बिपन्न परिवारहरुलाई सामाग्री वितरण गरिएको हो । सो वडाका अति विपन्न परिवारका २३ घर परिवारलाई २३ थान सोलार र विजुली बत्तीका लागि विद्युत मीटर बक्स २४ जनालाई वितरण गरिएको गाउ...
इटहरीबाट पटकासहित दुई जना पक्राउ

इटहरीबाट पटकासहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको इटहरी–५ स्थित राजमार्गबाट अतिसबाजी (पटका) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी श्रीपुरका १९ बर्षीय आलम मिया र २७ बर्षीय समिर मिया छन् । राजमार्ग किनारमा बोेरा र कार्टुनमा पटका लुकाएर बिक्रिका लागि पर्खिराखेका उनीहरुलाई विशेष सुराकीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट सिभिजाई कोब्रा– ६७ बण्डल पटका बरामद भएको जिल्ला प्रहरी कार्याल...
खानेपानीको जारभित्र भेटियो किरा

खानेपानीको जारभित्र भेटियो किरा

काठमाडौं । सिलबन्दी भएको खानेपानीको जारमा किरा भेटिएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका, मूलपानी–८ स्थित सिद्धिलक्ष्मी अक्वा पानी उद्योगबाट उत्पादित १९ लिटरको अक्वा फ्रिडम ब्रान्डको सिलबन्द जारको पानीमा किरा भेटिएको हो । पानीमा किरा भेटिएपछि उपभोक्ता अधिकारकर्मीले पानी उत्पादन गर्ने उद्योगमाथि कारबाहीका लागि उजुरी गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बिहीबार ...
केएमसीसँगको सहकार्यमा कुमारी बैंकद्वारा निःशुल्क पीसीआर परीक्षण शिविर

केएमसीसँगको सहकार्यमा कुमारी बैंकद्वारा निःशुल्क पीसीआर परीक्षण शिविर

काठमाडौं । काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरेर कुमारी बैंक लिमिटेडले निःशुल्क पीसीआर परीक्षण शिविर गरेको छ । दिन प्रतिदिन कोरोना संक्रमण बढिरहेका बेला कुमारी बैंकले आफ्नै खर्चमा सर्वसाधरणलाई निःशुल्क पीसीआर परीक्षण गराएको हो । गत सोमबारदेखि बुधबारसम्म तीन दिन सञ्चालित शिविरमा ८ सय २६ जनाको निःशुल्क पीसीआर परीक्षण गरिएको आयोजकले जनाएको छ । सोमबार काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट का...
धनकुटाका थप ६ जनामा कोरोना संक्रमण

धनकुटाका थप ६ जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप ६ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा टेलिकमका तीन कर्मचारीसहित ६ जना पुरुषमा संक्रमण देखिएको हो । संक्रमण पुष्टि हुँनेमा नेपाल टेलिकम धनकुटामा कार्यरत ४८ र ३७ बर्षीय तथा हिलेमा कार्यरत टेलिकमका ४८ बर्षीय कर्मचारी छन् । त्यस्तै, घरेलु कार्यालयमा कार्यरत ३० बर्षीय सरकारी कर्मचारीमा पनि संक्रमण पुष...
प्रदेश १ का थप ३९४ जनामा कोरोना संक्रमण, ४५८ डिस्चार्ज

प्रदेश १ का थप ३९४ जनामा कोरोना संक्रमण, ४५८ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बिहिबार ३९४ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा २/२, धनकुटा, खोटाङ, संखुवासभा, तेह्रथुममा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १०० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३४ महिला र ६६ पुरुष छन्...
एकैदिन ४ हजार ३६४ जनामा कोरोना संक्रमण

एकैदिन ४ हजार ३६४ जनामा कोरोना संक्रमण

काठमाडौं । बिगत २४ घण्टाको अवधिमा देशभर ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन थपिएका संक्रमित संख्यामा यो हालसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस बिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको जानकारी दिए । २४ घण्टाको अवधिमा २ हजार ६७५ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ७१...
निर्माण व्यवसायी भागेपछि श्रमिकको बिचल्ली

निर्माण व्यवसायी भागेपछि श्रमिकको बिचल्ली

खोटाङ । सडक ढलानको काम गरेको पैसा नदिइ निर्माण व्यवसायी फरार भएपछि श्रमिकहरु आक्रोशित बनेका छन् । भर्खरै सम्पन्न खोटाङको दिक्तेल बजारस्थित रत्नपार्कको किराँतचोक–सिचाईँ गेटसम्मको सडक ढलानको काममा खटिएका श्रमिकको पैसा नदिई निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि श्रमिकहरु आक्रोशित बनेका हुन् । गत भदौ २८ गते सडक ढलानको काम सकेपछि ‘विमान राई’ भनिने निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि रासनबाहेक काम गर...
डीभीको आवेदन खुल्यो

डीभीको आवेदन खुल्यो

काठमाडौं । डाइभर्सिटी भिसा (डीभी) को आवेदन खुला भएको छ । सन् २०२२ का लागि डिभी खुलेको हो । नेपाली समयअनुसार बुधबार राति पौने १० बजेबाट डाइभर्सिटी भिसा (डीभी) को आवेदन खुला भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासका अनुसार अब २०७७ कात्तिक २५ गतेसम्म आवेदन फारम भर्न सकिनेछ । आफैले निःशुल्क डीभीको आवेदन भर्न सकिन्छ । यसका बिषयमा दूतावासले आफ्नो वेटसाईटमा सम्पूर्ण जानकारी उल्लेख गरेको छ...
error: Content is protected !!