- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा बुधबार ४३६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १९७, मोरङमा १८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १/१ कोरोना संक्रमित थपिएका हुन् ।

Advertisement

सुनसरीको धरानमा ११४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४९ महिला र ६५ पुरुष छन् । इनरुवाका ४८, इटहरीका १९, दुहवीका ८, बराहक्षेत्र र बर्जुका २/२, रामधुनी र हरिनगरका १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

मोरङको विराटनगरमा १०९, सुन्दरहरैचामा ३२, रंगेलीमा १६, पथरीशनिश्चरेमा ९, सुनबर्षीमा ६, बुढीगंगामा ४, बेलबारी र जहदामा २–२, कानेपोखरी, रतुवामाई, लेटाङ र कटहरी, ग्रामथानमा १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै झापाको भद्रपुरमा १३, दमकमा १०, मेचीनगरमा ७, विर्तामोडमा ५, बुद्धशान्ति र कनकाईमा ३/३ र स्थानीय तह नखुलेका ५ जनामा संक्रमण पुष्टि भएको हो । उदयपुरको चौदण्डीगढी र बेलकामा ३/३, धनकुटाको शहीदभूमी र इलामको सुर्योदयमा १/१ जनामा पनि संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ११ हजार ६१५ पुगेको छ ।

प्रदेश १ मा आज १४२ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका १३६ जना निको भएका छन् । त्यस्तै मेची अस्पतालबाट ४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ जना निको भएर डिस्चार्ज भएका हुन् । प्रदेश १ मा कोरोना संक्रमणपश्चात निको हुनेको संख्या ५ हजार १५ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!