- ईश्वर थापा

धनकुटा । धनकुटाकी मृगौला पीडित गोमादेवि श्रेष्ठलाई आर्थिक सहयोग प्रदान गरिएको छ । दुबै मृगौला फेल भएर थलिएकी श्रेष्ठलाई ७२ हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो ।

Advertisement

धनकुटा नगरपालिका- ७ की ४२ वर्षिया श्रेष्ठको उपचारमा सहयोगका लागि धनकुटा बजारका केही व्यवसायीहरुले आर्थिक संकलन गरेका थिए । व्यवसायी जयन्द्र प्रधानको अगुवाईमा संकलित रकम प्रधानले नै मृगौला पीडित श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । सामान्य परिवारकी श्रेष्ठको करिव ६ महिना अघि दुबै मृगौला फेल भएपछि उपचारका लागि आर्थिक अभाव भएकाले रकम संकलन गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!