- गोमा ढुंगाना/संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ घुमाउँनेमा एक महिलाले आफुमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी छन् । घुमाउँनेकी ३० बर्षीया कमला गुरुङले स्थानीय लीलबहादुर गुरुङको हत्या गरेकी हुन् ।

लीलबहादुरले बलात्कार प्रयास गरेपछि महिलाले प्रतिकारमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको पाईएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए । ‘राती ढोका फुटाएर आफुमाथि बलात्कार प्रयास गरेपछि खुकुरी प्रहार गरेको महिलाले बयान दिएकी छन् । हाम्रो प्रारम्भिक अनुसन्धानले पनि बलात्कारको प्रतिकारमा हत्या भएको देखिएको छ ।’ एसपी अधिकारीले संगालोखबरसँग भने–‘मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याएका छौ । महिलालाई पनि नियन्त्रणमा लिएर घटनाको बिषयमा थप अनुसन्धान गर्दैछौ ।’

Advertisement

घटना मंगलबार राती करिब १० बजेको हो । कमलाको भनाई उदृत गर्दै स्थानीय हस्तबहादुर मगरले दिएको जानकारी अनुसार राती कमलाको घरमा गएर लीलबहादुरले ढोका ढकढकाएर खोल्न आग्रह गरे । भित्रबाट नखोलेपछि बाहिरबाटै ठेलेर चुकुल उक्काई भित्र पसेर लीलबहादुरले कमलामाथि बलात्कार प्रयास गरे । सोही क्रममा खुकुरी भेटेर हानेको कमलाले बयान दिएका छन् । खुकुरी प्रहारपछि लीलबहादुर भागेका थिए । टाउकोमा गंभीर चोट लागेका उनको बुधबार बिहान स्थानीय लाहुरे खोल्सीमा शव फेला परेको हो ।

३० बर्षीय मृतक लीलबहादुर विवाहित हुन् । उनका दुई छोरा छन् । श्रीमतीले उनलाई छोडेर करिब एक बर्ष पहिले नै अर्को बिहे गरेकी थिईन् । यता, बलात्कार प्रयास गर्दा प्रतिकार गर्ने कमलाका श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा करिब १५ महिना पहिले दुवई गएका छन् । उनी ११ बर्षे छोराको साथमा घरमा भएका बेला घटना भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!