- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ सरकारद्धारा सञ्चालित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आजदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको छ । कोरोना भाईरसका जटिल विरामीका लागि प्लाज्मा थेरापी सेवा शुरु गरिएको हो ।

सेवा शुभारम्भ गर्दै कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर वस्नेतले प्लाज्मा दान गरेका छन् । अहिले अस्पतालमा आईसियु, भेन्टिलेटर र आईसोलेसन गरी ८० वटा वेड सञ्चालनमा रहेको व्यवस्थापक वस्नेतले बताए ।

कोभिड अस्पतालमा लक्षणसहितका संक्रमितको उपचार हुने गरेको छ । अस्पतालबाट हालसम्म ४ सय ६१ कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हाल ६२ जना संक्रमित उपचाररत छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!