- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा आज ४१८ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३४४, मोरङमा ५६, झापामा ७, उदयपुरमा ६, संखुवासभामा ३, भोजपुर र पाँचथरमा १/१ जना संक्रमित थपिएका हुन् ।

Advertisement

सुनसरीको धरानमा २११ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ८१ महिला र १३० पुरुष छन् । इटहरीमा ११९ र इनरुवामा १४ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३१, रतुवामाईमा १२, बुढीगंगामा ७, कटहरीमा २, सुन्दरहरैचा, मिक्लाजुङ, धनपालथान र लेटाङमा १/१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै झापाको दमकमा ५, विर्तामोड र गौरादहमा १/१ जनामा पनि संक्रमण देखिएको छ । उदयपुरको बेलकामा ३, रौतामाईमा २ र स्थानीय तह नखुलेका १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । त्यस्तैगरी संखुवासभाको खाँदबारीमा १ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ ।

यता भोजपुरको पडानन्द र पाँचथरको कुम्बायकका १/१ जनामा कोरोना संक्रमण पुष्टि छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ११ हजार १७० पुगेको छ ।

प्रदेश १ मा आज १९ कोरोना संक्रमित निको भएका छन् । मेची अस्पतालबाट ८, वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट ४/४ र धाईजन आईसोलेसन केन्द्रबाट २ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । होम आईसोलेसनमा रहेका १ जना पनि निको भएका छन् । प्रदेश १ मा हालसम्म ४ हजार ८७३ कोरोना संक्रमित निको भईसकेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!