संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

मोरङ । मोरङको रंगेलीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । रंगेली–२ दौलतपुरका ६० बर्षीय सर्वेसलाल राजवंशी मृत अवस्थामा फेला परेका हुन् ।

मंगलबार अपरान्ह्र ४ बजे दौलतपुर हटिया जान्छु भनेर घरबाट हिडेका राजवंशी अबेरसम्म पनि घर नफर्किएपछि आफन्तहरुले खोजी गरेका थिए । खोजी गर्ने क्रममा घरबाट करिव १० मिटरको दुरीमा रहेको नहरमा डुबेको अवस्थामा उनी मृत फेला परेका हुन् ।

Advertisement

घटनाको जानकारी पाएपछि प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!