- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

मोरङ । मोरङको रतुवामाईमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा रतुवामाई–१० सातमेडीका २४ बर्षीय रविन लिम्बु छन् ।

मंगलबार अपरान्ह ४ बजे आफ्नै घर छेउमा मोटर जडान गर्ने क्रममा लिम्बुलाई करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भएका लिम्बुलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा साँझ साढे ५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!