संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ का ५३९ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । मोरङका २४२, सुनसरीका १९९, झापाका ७७, उदयपुरका ६, धनकुटाका ५, संखुवासभाका ४ तथा खोटाङ र तेह्रथुमका ३/३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

१ हजार २६१ जनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरका १७१ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६४ महिला र १०७ पुरुष छन् । मोरङको उर्लाबारीमा १३, सुन्दरहरैंचामा १२, बेलबारीमा ९, पथरीशनिश्चरेमा ८, मिक्लाजुङमा ५, बुढीगंगा र रतुवामाईमा ४/४, सुनबर्षी र कटहरीमा ३/३, रंगेली, केराबारी, कानेपोखरी र लेटाङमा २/२, ग्रामथान र जहदामा १/१ जनाको रिपोर्ट पोजिटिभ आएको छ । सुनसरीको इटहरीमा ९७, धरानमा ६६, इनरुवामा २१, दुहवी, रामधुनी र गढीमा ३/३, बराहक्षेत्रमा २, बर्जु, देवानगञ्ज, कोशी र भोक्राहानरसिंहमा १/१ जनामा संक्रमण देखिएको छ ।

यता, झापाको दमकमा २७, मेचीनगरमा ११, गौरादह र विर्तामोडमा १०/१०, शिवसताक्षीमा ५, कमल गाउँपालिकामा ३, अर्जुनधारा, बुद्धशान्ति र कनकाईमा २–२, भद्रपुर र बाह्रदर्शीमा १/१ तथा स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजिटिभ आएको छ । उदयपुरको चौदण्डीगएमा ३, कटारीमा २ र त्रियुगामा १ संक्रमित भएका छन् ।

त्यस्तै, धनकुटाको धनकुटा नगरपालिकाका ३ तथा साँगुरीगढी र छथर जोरपाटीका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाबाहिरै स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा धनकुटाका पाँच जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तैगरी, संखुवासभाको चैनपुर र मकालुमा २/२, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा १ र स्थानीय तह नखुलेका २, तेह्रथुमको लालीगुराँसमा २ र म्याङलुङमा १ जना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या १८ हजार २५० पुगेको छ । जसमध्ये १० हजार १३८ जना निको भईसकेका छन् ।

बुधबार पनि प्रदेश १ का ६९५ जना कोरोना संक्रमित निको भएका छन् । होमआईसोलेसनमा रहेका ६८० जना कोरोनामुक्त भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ११ र मेची अस्पतालबाट ४ जना डिस्चार्ज भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!