संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ३८ बर्षीया रीता बुढाथोकी छन् ।

शुक्रबार साँझ करिव ६ बजे खेतमा पानी लगाउन मोटर चलाउने क्रममा करेन्ट लाग्दा रीता वेहोस भएकी थिईन् ।
वेहोस भएकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा साँझ करिव साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!