संगालोखबर सम्बाददाता

विराटनगर । बिगत २४ घण्टाको अवधिमा बिराटनगरका तीन अस्पतालमा उपचारका क्रममा पाँच कोरोना संक्रमितको मृत्यु भएको छ । न्युरो अस्पताल र विराट नर्सिङ होममा दुई/दुई तथा कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक कोरोना संक्रमितको मृत्यु भएको हो ।

Advertisement

न्यूरो अस्पतालमा विराटनगर–७ की ४५ वर्षीया महिला र विराटनगर ३ का ६५ वर्षीय पुरुष, विराट नर्सिङ होममा सुनसरीको धरान–१२ की ७५ वर्षीया महिला र सप्तरीको मौली–५ का ६० वर्षीय पुरुष र कोसीमा झापा सुरुङ्गा–३ का पुरुषको मृत्यु भएको हो । मृत्यु भएकाहरुमा कोरोनासँगै अन्य स्वास्थ्य समस्यासमेत थिए ।

योसँगै प्रदेश १ मा मृत्यु हुँने कोरोना संक्रमितको संख्या १८० पुगेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!