- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाका एक कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ । धनकुटा नगरपालिका–५ का कोरोना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Advertisement

६३ बर्षीय कोरोना संक्रमित ती पुरुषमा गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएर बिराटनगरको एक अस्पताल भर्ना गरिएका ती पुरुषमा उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि ‘होम आईसोलेशन’ राख्न घर ल्याईएको थियो । घर ल्याईएको तीन दिनपछि उनको मृत्यु भएको हो । उनमा उच्च रक्तचापको समस्या पनि थियो ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ सूचना जारी गर्दै कोरोना संक्रमित मृतकको सम्पर्कमा पुगेकाहरुलाई अनिवार्य होम आईसोलेशनमा बस्न आग्रह गरेको छ । आग्रहलाई वेवास्ता गर्नेलाई कारबाही गर्ने प्रशासनले चेतावनीसमेत दिएको छ ।

योसँगै धनकुटामा कोरोना संक्रमणबाट मृत्यु हुँनेको संख्या दुई पुगेको छ । यसअघि पनि धनकुटा नगरपालिका–३ की एक कोरोना संक्रमित बृद्धाको मृत्यु भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!