- संगालोखबर सम्बाददाता

बिराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीलाई कोरोना संक्रमण भएको छ । पीसीआर परीक्षण गर्दा शुक्रबार मन्त्री कार्कीको रिपोर्ट पोजिटिभ आएको हो । कन्ट्राक्ट ट्रेसिङका आधारमा असोज २९ गते पीसीआर परीक्षण गर्दा मन्त्री कार्कीको रिपोर्ट नेगेटिभ आएको थियो ।

Advertisement

तर, त्यसपछि सामान्य रुघाखोकीसहितका लक्षण देखिएपछि मन्त्री कार्कीले पुनः पीसीआर परीक्षणका लागि बिहिबार स्वाब दिएका थिए । परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो । अहिले स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्री कार्कीले जानकारी दिएका छन् ।

यसैबीच मन्त्री कार्कीले आफु संक्रमित भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले केही दिन यता आफ्नो निकट सम्पर्कमा पुगेकाहरुलाई सावधानी अपनाउँन आग्रह पनि गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!