- संगालोखबर सम्वाददाता


मोरङ । मोरङको बेलबारी नगरपालिका–४ स्थित भित्री सडकखण्डमा गएराती स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय १९ बर्षीया समिक्षा राई छन् ।

को.३२ प ५६३७ नम्बरको स्कुटी अनियन्त्रीत भई दुर्घटना हुँदा स्कुटीमा सवार समिक्षा गम्भिर घाईते भएकी थिईन् ।

Advertisement

उनलाई उपचारका लागि बिराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!