संगालोखबर सम्वाददाता

सुनसरी । हतियार लुकाएर राखेको आरोपमा सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका–७ का टुमा सिंह यादब पक्राउ परेका छन । घरको शौचालयमा पेस्तोल फेला परेपछि २३ बर्षीय यादवलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

Advertisement

यादबले आफ्नो घरमा हतियार लुकाई राखेको र स्थानीयलाई ज्यान मार्ने धम्कीसमेत दिएको गुनासो आएपछि प्रहरीले उनको घर खानतलासी गरेको थियो ।

खानतलासी गर्ने क्रममा यादवको घरको शौचालयको सेफ्टी ट्याङकी नजिक प्लाष्टिकले बेरेर लुकाई राखिएको अवस्थामा पेस्तोल फेला परेपछि उनलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार 7=657 Made in India लेखिएको पेस्तोल १ थान र २ राउण्ड गोली लोड गरिएको म्याग्जीन १ थान बरामद भएको छ ।

पक्राउ परेका यादवबिरुद्ध हातहतियार खरखजना मुद्दा दर्ता गरी कारबाही प्रकृया अघि बढाईएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!