- संगालोखबर सम्वाददाता

मोरङ । जवरजस्ती करणी उद्योगका तीन जना फरार प्रतिबादीहरुलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको धनपालथान–७ का २० बर्षीय जयकृष्ण मण्डल, २१ बर्षीय रोशनकुमार मण्डल र २३ बर्षीय मन्जित मण्डल छन् ।

Advertisement

गाउँमै लुकीछिपी बसिरहेको अवस्थामा बुधबार राती करिब ८ बजे उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरुले २०७६ साउन १५ गते राती ११ बजे मोरङकै १३ बर्षीया र १९ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोप छ । ईलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ परेका तीनै जनाबिरुद्ध कारबाही प्रकृया अघि बढाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!