- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

तेह्रथुम । तेह्रथुममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर आठराई–५ होडाका २६ बर्षीय राजन बराईलीको मृत्यु भएको हो ।

बिहिबार बेलुका करिव ५ बजे आफ्नै घर अगाडि रहेको बिजुलीको ट्रान्स मिटरबाट कालो तार जोड्ने क्रममा बराईलीलाई करेन्ट लागेर भुईमा खस्दा उनी वेहोस भएका थिए । वेहोस भएका बराईलीलाई उपचारका लागि लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Advertisement

उनी सिरहा शेर गणमा कार्यरत नेपाली सेनाका जवान हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!