- संगालोखबर सम्बाददाता
फायल तस्वीर । संगालोखबर

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाका नेता डिल्लीश्वर दर्नालको सोमबार निधन भएको छ । नेकपा प्रदेश सल्लाहकार समिति सदस्य दर्नालको ६३ बर्षको उमेरमा निधन भएको हो ।

अस्पतालबाट डिस्चार्ज गरेर घर ल्याईएका दर्नालको दिउँसो करिब १२ बजे निधन भएको उनका छोरा युवराजले पुष्टि गरेका छन् । धनकुटा नगरपालिका–५ घर भएका नेता दर्नाल करिब एक महिना अघि ‘प्रेसरले हानेर ढलेपछि’ उनलाई धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गरेर घर ल्याईएको थियो ।

Advertisement

तर, केही दिनअघि श्वासप्रश्वासमा समस्या देखिएपछि दर्नाललाई उपचारका लागि बिराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको थियो । भेन्टिलेटरमा राखिएका दर्नालको स्वास्थ्य अवस्था जटिल बन्दै गएर चिकित्सकले उपचार सम्भव नहुँने बताएपछि शनिवार बिहान उनलाई घर फर्काईएको थियो । अक्सिजन दिएर घरमै राखिएको अवस्थामा बुवाको निधन भएको छोरा युवराजले बताए ।

तत्कालिन जिल्ला बिकास समिति दलित बर्ग उत्थान जिल्ला समन्वय समितिको दुई कार्यकाल उपाध्यक्षसमेत भएका नेता दर्नाल दलित समुदायका अगुवा नेता हुन् । उनी लामो समययता कम्युनिष्ट राजनीतिमा सक्रिय थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!