संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा बिहिबार ६२१ कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९९, सुनसरीमा १८०, झापामा ११०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा ३ तथा खोटाङ र धनकुटामा १/१ कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार विराटनगरमा २१४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ७४ महिला र १४० पुरुष छन् । मोरङको सुन्दरहरैंचामा २२, उर्लाबारी, कानेपोखरी र बेलबारीमा ९/९, मोरङको रंगेली र बुढीगंगामा ७/७, पथरीशनिश्चरे र लेटाङमा ५/५, रतुवामाईमा ४, जहदा र कटहरीमा ३/३, धनपालथान र ग्रामथानमा १/१ जनाको रिपोर्ट पोजिटिभ आएको छ । सुनसरीको धरानमा १०३, इटहरीमा ३९, इनरुवामा १६, बराहक्षेत्रमा ७, रामधुनीमा ५, बर्जु र दुहवीमा ३/३, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

यता, झापाको दमकका ३४, विर्तामोडका २०, मेचीनगरका १८, भद्रपुरका ११, अर्जुनधाराका ९, बाह्रदशीका ६, गौरीगञ्जका ३, कनकाईका २, कमल गाउँपालिकाका १ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको छ । उदयपुरको त्रियुगामा ७, कटारीमा ५ र बेलकामा १, इलामको सुर्योदयमा ३, इलाम नगरपालिका र मांसेबुङमा २/२ तथा चुलाचुलीमा १ संक्रमित भएका छन् । त्यस्तै, ताप्लेजुङको फुङलिङमा ४, श्रीजंगा र स्थानीय तह नखुलेका १/१, संखुवासभाको खाँदबारी, मकालु र सिलिचोङमा १/१, खोटाङमा १ र धनकुटाका एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार ८ पुगेको छ । जसमध्ये ६ हजार ६२५ जना निको भएका छन् ।

यसैबीच, प्रदेश १ मा बिहिबार ४१८ जना कोरोनामुक्त भएका छन् । होम आईसोलेसनमा रहेका ३९७ जना निको भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढीबाट १४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ७ जना डिस्चार्ज भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!