
उदयपुर । उदयपुरमा सुस्त मनस्थिती भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ का ३२ वर्षीय मोहम्द अल्ला उदिन र त्रियुगा नगरपालिका–१२ का २५ वर्षीय मोहम्द मोदेबुल छन् ।
उनीहरुले सुस्त मनस्थिती भएकी १८ वर्षीया किशोरीलाई अटोमा राखेर एकान्त स्थानमा पुर्याई सामूहिक बलात्कार गरेको आरोप छ । किशोरीलाई स.१ ह.१५७६ नम्बरको अटोमा लगेर उनीहरुले सामुहिक बलात्कार गरेको बताईएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पनि दुबैले सामुहिक बलात्कार गरेको देखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
दुबै जनालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको बिषयमा थप अनुसन्धान गर्दैछ । घटनाको अनुसन्धानसहित उनीहरुबिरुद्ध कारबाही प्रकृया पनि अघि बढाईएको प्रहरीले जनाएको छ ।















