
धनकुटा । धनकुटाका एक सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटा सदरमुकामस्थित रेडियो भेडेटारमा कार्यरत २० बर्षीया सञ्चारकर्मी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको रेडियोका स्टेशन मेनेजर पूर्णकुमार चौधरीले बताए । ‘उहाँलाई अलिक अगाडीदेखि नै ज्वरो र रुघा लागिरहेको थियो । स्वास्थ्यमा समस्या देखिएपछि दुई साता यता विदा बस्नुभएको थियो ।’ चौधरीले संगालोखबरसँग भने–‘ज्वरो र रुघा निको नभएपछि धरानमा गएर परीक्षण गर्दा उहाँमा कोरोना संक्रमण पत्ता लागेको हो ।’
धरानमा बुधबार स्वाब दिएकी उनको बिहिबार राती पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनी अहिले धनकुटा सदरमुकामस्थित कोठामा ‘होम आईसोलेशन’ बसेकी छन् ।















