
विराटनगर । प्रदेश १ मा शुक्रबार ५४३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङका २५३, झापाका १४३, सुनसरीका ११२, उदयपुरका १२, इलामका ११, धनकुटाका ४, भोजपुरका ३, सोलुखुम्वुका २, पाँचथर, खोटाङ र तेह्रथुमका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा १४७ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६१ महिला र ८६ पुरुष छन् । मोरङको सुन्दरहरैंचामा २०, पथरीशनिश्चरेमा १८, कटहरीमा ९, सुनबर्षीमा ८, ग्रामथानमा ७, बुढीगंगा र उर्लाबारीमा ६/६, धनपालथान र बेलबारीमा ५/५, कानेपोखरी, जहदा, मिक्लाजुङ, रंगेली र केराबारीमा ४/४ र रतुवामाईमा २ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
झापाको दमकमा ७५, विर्तामोडमा १५, गौरादहमा १०, कमल गाउँपालिकामा ९, कनकाईमा ६, भद्रपुरमा ५, बुद्धशान्ति, मेचीनगर र अर्जुनधारामा ४/४, शिवसताक्षी र हल्दिबारीमा ३/३, बाह्रदशीमा २, गौरीगञ्ज र झापा गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यता, सुनसरीको इटहरीमा ३९, धरानमा ३६, इनरुवामा ११, बराहक्षेत्रमा ८, रामधुनीमा ४, भोक्राहानरसिंहमा ३, दुहवी, गढी, बर्जु र देवानगञ्जमा २/२, कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ । उदयपुरको त्रियुगामा ९, बेलकामा २ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा ६, फाकफोकथुममा ५ जना संक्रमित भएका छन् ।
धनकुटाको धनकुटा नगरपालिकाका ३ र शहिदभूमीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भोजपुरका ३, सोलुखुम्वुको सोलुदुधकुण्डका २, पाँचथरको फिदिम, खोटाङको दिप्रङ चुईचुम्वा र तेह्रथुमको म्याङलुङका १–१ जनामा पनि संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ९ सय ५३ पुगेको छ । जसमध्ये १० हजार ७ सय ९८ जना निको भएका छन् ।
यसैबीच, शुक्रबार पनि प्रदेश १ का ६१९ जना कोरोना संक्रमित निको भएका छन् । होमआईसोलेसनमा रहेका ५९५ जना कोरोनामुक्त भएका छन् । मेची अस्पतालबाट १३, न्युरो अस्पतालबाट ८ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना डिस्चार्ज भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।















