भदौ २९ गतेदेखि दशैंका लागि सुकिला नोट सट्न पाइने
विराटनगर । दशैंलाई लक्षित गर्दै भदौ २९ गतेदेखि सर्वसाधारणले सुकिला नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै भदौ २९ गतेदेखि सुकिला नोट साट्न सकिने जनाएको हो ।
काठमाडौं उपत्यकामा नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, प्रदेशमा प्रदेशस्तरीय कार्यालय विराटनगर, वीरगञ्ज, जनकपुर, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धन...































