संगालोखबर


विराटनगर । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ किर्तिमान बनाएको छ । आज प्रतितोला तीन हजार रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख तीन हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला एक हजार दुई सय रुपैयाँ बढेर दुई लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । तोलामा ६५ रुपैयाँले बढेको चाँदीको मूल्य दुई हजार चार सय २५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला दुई हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!