
विराटनगर । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको मृत्यु भएको छ ।
झापाको धुलाबारी घर भई ताप्लेजुङमा कार्यरत ४५ वर्षीय भुजेलको आज मृत्यु भएको हो । ड्युटी जाने क्रममा कार्यालय परिसरबाट बाहिर निस्कँदै गर्दा अचानक बेहोस भई भुइँमा लडेका थिए ।
तत्कालकै जिल्ला अस्पताल ताप्लेजुङ पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । प्रहरीले ड्युटीका लागि हिँडेका भुजेललाई हृदयाघात भएको हुनसक्ने अनुमान गरिएको छ ।

संगालोखबर 













