
धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा एक पुरुषको शव फेला परेको छ । आज बिहान करिब ६ः३० बजे धनकुटा नगरपालिका-६ का ४२ वर्षीय रामबहादुर भुजेलको शव फेला परेको हो ।
धनकुटा प्रहरीका अनुसार क्याम्पसको शिक्षक आवास नजिकै रहेको भोगटेको बोटमा झुण्डिएको अवस्थामा भुजेलको शव फेला परेको छ । क्याम्पसका शिक्षकले भुजेल झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनी बिहानै घरबाट घाँस काट्न जान्छु भनेर हिँडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 













