
काठमाडौं । ३२ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा चन्द्र कुवेर खापुङ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) प्रमुखका रूपमा रहेका एआईजी खापुङलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै उनले भदौ १८ गतेदेखि नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारी समाल्नेछन् । तेह्रथुममा जन्मेका खापुङ २०५२ सालमा नेपाल प्रहरीको सेवामा प्रवेश गरेका थिए । उनी
५५ वर्षीय खापुङसँग यसअघि प्रधानमन्त्रीको सुरक्षा प्रमुखको जिम्मेवारीमा समेत थिए । त्यस्तै उनीसँग यूएन मिसनमा हाइटीमा दुई पटक सेवादेखि प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन प्रमुखसम्मको अनुभव छ ।
उनीसँग काठमाडौं उपत्यका अपराध महाशाखा प्रमुख र कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेको अनुभव पनि छ ।

संगालोखबर 













