संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । विराटनगर र सुन्दरहरैँचामा एक/एक जना मृत फेला परेका छन् । आज बिहान विराटनगर-४ राजवंशी चोर र सुन्दरहरैँचा नगरपालिका-१२ मा दुई जना मृत फेला परेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार विराटनगर-४ का १६ वर्षीय मुकेश राजवंशीको आफ्नै काकाको घर पछाडि झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

Advertisement

यस्तै सुन्दरहरैँचामा आफ्नै कोठामा झुण्डिएको अवस्थामा १७ वर्षीया करिश्मा मंग्रातीको शव फेला परेको डीएसपी चुडालले जानकारी दिइन् । दुबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!