मुलुकलाई सही निकास दिन राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जटिल राजनीतिक अवस्थाबाट मुलुकलाई सही निकास दिन राष्ट्रिय शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।
होली पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले अहिलेको परिस्थितिमा विभाजन नभएर सहकार्य र एकतामार्फत मात्र राष्ट्रशक्ति निर्माण सम्भव हुने उल्लेख गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले रङहरूको पर्व होलीले आपसी सद्भाव, सहकार्य र जिम्मेवारीबोधलाई स...































