संगालोखबर सम्वाददाता
धनकुटाको चौविसे गाउँपालिका अध्यक्ष खजिन्द्र राईलाई सम्मानसहित विदाई गरिदै ।

धनकुटा । २०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको कार्यकाल सकिएको छ । देशभरका ७५३ वटै पालिकामा निर्वाचित ३५ हजार २ सय २१ जनप्रतिनिधिको पदावधि बिहिबार रातीबाट सकिएको हो ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल पाँच बर्ष हुँने संवैधानिक व्यवस्था छ । सोही अनुसार कार्यकाल सकिएपछि उनीहरु विदाई भएका हुन् । यता, नयाँ निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल शुक्रबारबाट सुरु भएको निर्वाचन आयोगले जनाएको छ । देशभरका अधिकांस स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भइसकेका छन् ।

Advertisement

निर्वाचित भएकाहरुलाई शपथ ग्रहण गराउँन आयोगले भनिसकेको छ । उनीहरुको सथप ग्रहण गर्ने क्रम चलिरहेको छ । केही स्थानमा शपथग्रहण पनि भइसकेको छ । केही स्थानीय तहमा भने मतगणना जारी छ । सोमबारसम्म सबै स्थानमा सपथ ग्रहणको काम पुरा हुँने आयोगको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!