संगालोखबर सम्वाददाता

धनकुटा । विवादका कारण मतदान स्थगित भएको धनकुटाको सहिदभूमि गाउँपालिकामा आज विहान ७ बजेबाट पुनः मतदान सुरु भएको छ । सहिदभूमि–६ स्थित ठाकुरदेवी माध्यमिक विद्यालयका तीन वटा मतदान केन्द्रमा पुनः मतदान गरिएको हो ।

Advertisement

वैशाख ३० गते भएको मतदानका क्रममा नभएका मान्छेका नामबाट पनि मतदान गरियो भन्ने विषयमा लोकतान्त्रिक गठवन्धन र नेकपा एमालेका प्रतिनिधिबीच विवाद हुँदा मतदान स्थगित भएको थियो । सोही ठाउँमा कडा सुरक्षाकावीच पुनः मतदान सुरु गरिएको हो ।

मतदान स्थगित हुँदा हालसम्म सो पालिकाको मतगणना हुन सकेको छैन । बाँकी सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरेर राखिएको छ । मतदानका लागि आज साँझ ५ बजेसम्म समय तोकिएको छ । मतदान सम्पन्न भएपछि एकैसाथ पालिकाभरको मतगणना गरिने निर्वाचन अधिकृत रुद्रमणी गिरीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!