संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–६ थलथलेस्थित ठाकुरदेवी माध्यमिक विद्यालय र ६ नं. वडा कार्यालय (क), (ख), (ग) मतदान केन्द्रमा आज भएको मतदानमा ७४ प्रतिशतले मत खसालेका छन् ।

Advertisement

वैशाख ३० गते भएको मतदानका क्रममा नभएका मान्छेका नामबाट पनि मतदान गरियो भन्ने विषयमा लोकतान्त्रिक गठवन्धन र नेकपा एमालेका प्रतिनिधिबीच विवाद हुँदा मतदान स्थगित भएको थियो ।

सो मतदान केन्द्रमा पुनः मतदान गर्दा १८६० जना मतदाताले मत खसालेका हुन् । सो स्थानमा २५१३ जना मतदाता छन् । जसमध्ये ९१३ पुरुष र ९४७ महिलाले मतदान गरेका हुन् ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!