सांकेतिक तस्वीर

झापा । झापामा बालिका करणी गरेको अभियोगमा प्रहरीले  एक म्यादी प्रहरीलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २ बाट ड्युटीमा रहेकै अवस्थामा पक्रिएको हो । उनले मंगलबार १४ वर्षीया बालिकालाई त्यही वडामा पर्ने गहते जङ्गलमा लगेर बलात्कार गरेको आरोप छ ।

Advertisement

पोखरेललाई प्रहरीले उदयपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । पोख्रेल स्थानीय तह २०७९ को चुनावमा झापाबाट म्यादी प्रहरी बनेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!