- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुनः नेकपा एमालेका उम्मेद्वार बिजयी भएका छन् । दोस्रो कार्यकालका लागि अध्यक्षमा मनोज राई र उपाध्यक्षमा रत्नश्वरी राई निर्वाचित भएका हुन् । यसअघि पनि सहिदभूमिमा उनीहरु नै अध्यक्ष र उपाध्यक्ष थिए ।

Advertisement

आज अपरान्ह सम्पन्न मतगणना अनुसार ४२१४ मतसहित अध्यक्षमा मनोज बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले ४०२७ मत प्राप्त गरेका छन् । जीतबहादुरलाई १८७ मतान्तरले पराजित गर्दै मनोज पुनः दोस्रो कार्याकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

यता, उपाध्यक्षमा १३०१ मतान्तले रत्नश्वरी बिजयी भएकी छन् । रत्नश्वरीले ४६७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका तोर्णबहादुर खड्काले ३३७१ मत प्राप्त गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!